×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्दर नगरी इलाम घुम्न आउँदै हुनुहुन्छ ? चिया बगानमा रमाउँदा प्रकृतिको मनोरम भूमि ‘छिन्तापु’ छुट्ला नि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सुन्दर नगरी इलाम घुम्न आउँदै हुनुहुन्छ ? चिया बगानमा रमाउँदा प्रकृतिको मनोरम भूमि ‘छिन्तापु’ छुट्ला नि !

  • बिनय तिम्सीना / अर्थ सरोकार डटकम 
इलाम- इलाम जिल्लाको उत्तरी गाउँपालिका सन्दकपुको रमणिय पर्यटकीय गन्तव्य छिन्तापु यतिवेला ढकमक्क गुँराससँग रमेको छ । ३२ सय मिटरको उचाईमा रहेको छिन्तापुले महाभारत पर्वत श्रेणी र सिंगलिला पर्वत श्रेणीलाई छुट्याँउदछ । यो क्षेत्र लाली गुराँस, रेडपाण्डा, विभिन्न प्रजातीका पुतलीको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । इलाम र पाँचथरको बाटो भएर छिन्तापु पुग्न सकिन्छ ।
इलाम सदरमुकामबाट छिनतापु जानको लागि सन्दकपुर गाउँपालिकाको माइपोखरी माइमझुवा हुँदै जान सकिन्छ यो स्थान सम्म पुग्नको लागि ३÷४ घण्टाको ट्रेकिङ गर्नु पर्ने हुँछ इलामको माईमझुवाको रातेखोलाबाट र बुधबारेबजारबाट गोरुआले हुँदै यो क्षेत्रसम्म पुग्न सकिन्छ । यो क्षेत्रमा जाँदा बाटो भरी फुलेका लाली गुराँस, चाँप, चिमाल र विभिन बनस्पतीको मनोरम दृष्यले बाटो काटेको पत्तै भई कतीवेला चुचुरोमा पुगिन्न थाहानै पाईन्न । बाटोमा भेटीने पोखरीहरु झनै मनोरम छन् । गोरुआलेका स्थानीय कमल राई भन्छन् यस क्षेत्रमा १२ वटा पोखरी छन् घुम्नको लागि रमणिय स्थान छ ८ प्रकारका गुराँस पाईन्छ ।
चुचुरोमा पुगे पछि कञ्चन्जङ्घा हिमाल नजिकै देखिन्छ र अन्य हिमालहरु पनि नजिकै देखिन्छन छिन्तापुका स्थानीय रतन गुरुङ भन्नछन् यहाँबाट प्रदेश नं. १ का सवै भूभाग देख्न सकिन्छ, त्यस्तै मौसम खुलेको समयमा भारत, भूटान, वङगलादेश, र चिनका भूभागहरुको दृष्य अवलोकन गर्न सकिन्छ ।
चुचुरोमा पुग्दा पर्यटकहरु यहाँको दृष्यदेखेर खुसिहुने गरेका छन् । छिन्तापु पुगेका पर्यटक भन्छन् यहाँ धेरै लामो बाटो हिडेर आएको भए पनि छिन्तापुमा देखिएको मनोरम दृष्यले कुनै थकान महसुन नभएको र छिन्तापु रमाईलो लागेको अनुभव सुनाउँछन् ।
छिन्तापुमा पर्यटकहरुको लागि वस्नकोलागि बनाईएको एउटा गेष्टहाउस कामनलाग्ने अवस्थामा पुगेको छ । चुचुरोमा पुगेर फर्कनको लागि सहज नभए पनि बाटोमा पउने गोठहरुमा वस्दै अउन सकिन्छ गोरुआले भञ्ज्याङमा सामन्य खान र वस्नको व्यवस्था छ । नयाँ बर्षमा गोरुआले देखि छिन्तापुको चुचुरो सम्म पुग्ने पर्यटकहरु डाँडै भरी हुने स्थानीयहरु बताउँछन् । पूर्वको एउटा मनोरम दृष्य अवलोकन गर्ने पर्यटकिय स्थानलाई सरकारी निकायबाट खासै चासो नदिंदा ओझेलमा परेको छ । सरकारी तवरबाट छिन्तापुमा रहेका पोखरी, गुराँसको संरक्षण गर्दै अन्य कुरामा सहयोग गर्ने हो भने नेपालको एउटा उत्कृष्ट पर्यटकीय स्थान बन्न सक्नेथियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: