×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावरको खुल्यो आइपीओ, क-कसले पाइन्छ भर्न ?

PRIME CA

जोशी हाइड्रोपावरको खुल्यो आइपीओ, क-कसले पाइन्छ भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्री खुला भएको छ । उक्त आइपिओ इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीको आइपिओ इलाम नगरपालिका वडा नं १, ३ र ४ का स्थानीयबासीलाई बिक्री खुला गरेको हो ।
यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक आवेदन नपरेमा भने असार ११ गतेसम्म भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । आयोजना प्रभावितले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका शाखाबाट आइपीओका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: