×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकका कर्तुत खोज्दै जाँदा खुल्यो यस्तो रहस्य, दुतावासबाट ‘मह’ जोडीले करोडौं बुझ्ने गरेको खुलासा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकका कर्तुत खोज्दै जाँदा खुल्यो यस्तो रहस्य, दुतावासबाट ‘मह’ जोडीले करोडौं बुझ्ने गरेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सानिमा बैंकका ब्राण्ड एम्बेसडर समेत रहेका मह जोडीका बारेमा नयाँ रहस्य सार्वजनिक भएको छ । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न बहानामा अमेरिकन एम्वेसीबाट करोडौँ रुपियाँ आर्थिक सहयोग लिएको खुलासा भएको हो ।  एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठ र आचार्यको ‘मह सञ्चार’ नामक संस्थाले अमेरिकन एम्वेसीबाट सात पटकमा पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएका छन्  । हास्यकलाकारद्वय श्रेष्ठ र आचार्यले नेपाली जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा यति ठूलो रकम लिएको र बर्षौंदेखि यस्तै नाममा उनीहरु पालिंदै आएको रहस्य बाहिरिएको हो ।
यसरी खुल्यो रहस्य !
मह जोडी लामो समयदेखि सानिमा बैंकका ब्राण्ड एम्बेसडर छन् । केहि समय अगाडी सानिमा बैंकमा भएको नक्कली हस्ताक्षर प्रकरणबारे खुलासा हुँदै गर्दा बैंकभित्र कै उच्च तहका कर्मचारीहरुले मह जोडीको यस्तो रहस्य पनि खोलेका हुन् । मह संचारको खातासम्बन्धि विवरणमा यस्तो देखिएको बताउंदै बैंकका एक उच्च अधिकारी भन्छन्, ‘नक्कली हस्ताक्षर प्रकरणमा बैंकको गल्ती भएको हो तर बैंक आफ्नो बदनाम हुने डरले यो कुरालाई थामथुम पार्न खोजीरहेको छ । किन यस्तो प्रसङ्गमात्र उठाउने ? मह जोडीले एम्बेसीबाट फिल्म बनाउने बहानामा करोडौं रुपैयाँ लिने गरेका छन् । कति फिल्म बनेका छन्, कति बनेको जस्तो गरेका छन्, कोहि बनेका नै छैनन् ।’ उनले भने, ‘कुनै संस्थाबाट पैसा लिनु ठुलो कुरा होइन । तर एम्बेसीबाट पैसा लिनु ठिक होइन ।’  
निरन्तर विवादमा आउंदै मह !
यस्तो त मह जोडी पछिल्लो समय विभिन्न खाले विवादमा आइरहेका छन् । नक्कली बिमा पोलिसी जारी गर्ने कर्मचारी काम गर्ने सिटिजन लाइफ होस् वा जनता ठग्ने चन्द्रागिरि हिल्सको विज्ञापनमा गलत बोलेर होस्, उनीहरु निरन्तर पछिल्लो समय विवादित बन्दै गएका छन् । अझ जनताको पैसा सुरक्षित नभएको आरोप लाग्दै आएको सानिमा बैंकबाट भित्रभित्रै उक्त जोडीको संस्थाका कर्तुतहरु सार्वजनिक हुनुले थुप्रै प्रश्नहरु उब्जाएको छ । यस विषयमा अर्थ सरोकार डटकमले निरन्तर समाचारहरु प्रकाशन गरिरहेको छ ।

यो पनि पढ्नुहोस् 

ठग्छ कम्पनीले… तर अपजश महलाई ? मह जोडी प्रयोग भएका अधिकांस ब्राण्ड विवादमा आउनु संयोग वा अरु केहि… ?






सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: