चितवनमा नेपाल बन्दको प्रभाव : मोटरसाइकलमा आएका नेकपा कार्यकर्ताले भाटभटेनीमा बम पड्काए ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
चितवन- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । प्राप्त जानकारी अनुसार चितवनको भाटभटेनी सुपरमार्केटमा आज बिहान ३ः४५ बजे बम बिस्फोट भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।

विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनको भनाइ छ । बन्दका कारण आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।


यो पनि पढ्नुहोस् :








Trending:

प्रकाशित : Sunday, May 13, 2018

recent

Popular Posts