×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार खण्डन गर्ने नाममा नेपाल बैंकका सीइओको यस्तो हत्कण्डा, सूचना चुहाएर करोडौंको चलखेल प्रयास !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

समाचार खण्डन गर्ने नाममा नेपाल बैंकका सीइओको यस्तो हत्कण्डा, सूचना चुहाएर करोडौंको चलखेल प्रयास !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आर्थिक डिजिटल पत्रिका बिजमान्डु डटकमले मंगलबार नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो, २०० रुपैयाँ हाराहारी आउने, सरकारी हिस्सा घट्ने शीर्षकको समाचार प्रकाशन गर्यो । स्रोतलाई उधृत गर्दै लेखिएको उक्त समाचारको खण्डन गर्द गर्दै देवेन्द्र प्रताप शाहले फेसबुकमा यस्तो स्ट्याटस अपडेट गरे । 

समाचारको खण्डन गरे जसरी सुचना चुहाइयो !
कुरा पत्रिकाले के लेख्यो र सीइओले खण्डन गरे भन्ने कुरामा मात्र सिमित रहेन । समाचारको खण्डन गरेजस्तो गरेर शाहले लगानीकर्ताको मनोविज्ञानमाथि खेलेको संकेत देखिएको छ । यसले सुचना चुहाएर करोडौंको खेल भएको बुझ्न गाह्रो छैन । शाहले भनेजसरी नै बिजमान्डुले लेखेको समाचार गलत भयो वा स्रोतले गलत जानकारी दियो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर बैंकका सीइओले कुन आधारमा ३०० को हाराहारी भन्ने उल्लेख गरे, यो गम्भीर बिषय हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन नपुग्दै सीइओले यसरी मूल्यको जानकारी दिनुले कतै न कतै पक्का चलखेल भइरहेको बुझ्न गाह्रो छैन । यसरी सम्बन्धित निकायको स्वीकृति नलिइ सुचना हुनसक्ने वा हुनेवाला भन्दै सार्वजनिक गर्नु अन्तराष्ट्रिय अभ्यासमा पनि अपराध मानिन्छ भने नेपालको कानुन अनुसार पनि यसलाई ‘इन्साइडर ट्रेडिङ’कै एउटा रुपको रुपमा लिइन्छ । यस विषयमा बुझ्न हामीले देवेन्द्र प्रताप शाहलाई फोन गर्ने प्रयास गरेपनि सम्पर्क हुन सकेन ।
नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो
यता नेपाल बैंकको साधारणसभाबाट एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ भने यस सम्बन्धमा प्रक्रियासमेत अगाडी बढीसकेको छ । एफपिओ निस्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ भने बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ । उक्त एफपिओको बिक्री प्रवन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: