शंखमुलको यूएन पार्कमा गुण्ड नाइके अशोक लामा माथि गरे प्रहरीले गोली प्रहार

काठमाडौं - शंखमुलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले प्रहार गरेका छन् ।  गोली हानेर प्रहरीले गुण्ड नाइके लामालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी गोली लागेको छ । प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल लगेको छ ।

प्रहरीले लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ ।

लामाले सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैध रुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोप छ । उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रकाशित : Monday, June 11, 2018
,

recent

Popular Posts