×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण कुमालको खेताला बने बाबुराम !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कृष्ण कुमालको खेताला बने बाबुराम !

गोरखा – असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् ।
शुक्रबार उनी सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।
उनी शुक्रबार नै गोरखाको सिरानचोकमा नेपाल समाजवादी किसान महासंघको राष्ट्रिय भेलामा समेत सहभागी हुने कार्यक्रम रहेकाे छ ।
उनले हलोको अनौ र लौरी समातेर गोरु जोतेर केही सियो हिलाए । रोपारसँगै मिलेर बीउ पनि काढे । भट्टराईले खेतमा काम गरिरहँदा अरु रोपार, बाउसेहरु भने मोवाइलमा फोटो तथा भिडियो खिचिरहेका देखिन्थे ।
रोपाईं पश्चात बोल्दै भट्टराइले कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । बिचौलियाको अन्त्य गर्दै किसा नहरुको हक अधिकार सुनिश्चित हुनुपर्ने उनले भनाइ राखे । भट्टराइ आज गृह जिल्लामै बस्ने कार्यक्रम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: