×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा १०% छुट

PRIME CA

सेञ्चुरी बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा १०% छुट

२४ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सेञ्चुरी कमर्सियल बैंक र चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । 
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले १० प्रतिशतसम्म प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जांचमा छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभएको छ । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np  तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: