×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

काठमाडौं – चीनबाट १ खर्ब ७ अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ ।
कृषि तथा वनजन्य उद्योग १००, निर्माण १०, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउने छन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्ने चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ ।
हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ ।
आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि २७ अर्ब ३६ करोड ६६ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।
निर्माण २, ऊर्जा २, सञ्चार प्रविधि १, उत्पादनमूलक ७, सेवामूलक १४, पर्यटन १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता भएको छ । ती उद्योगबाट करीब ५ हजार जनाले रोजगारी पाउने छन् ।
यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता छ । ती उद्योगले करीब १ हजारजनालाई रोजगारी प्रदान गर्ने छ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुने छन् । चीनबाट ठूला ३९, मझौला १०४ र साना १ हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागले जनाएको छ ।
यस्तै हङ्कङबाट ठूला ११, मझौला ९ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको छ । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट १ ठूला उद्योग, ४ मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त प्रस्तावलाई आवश्यक प्रक्रिया पुर्याएर उद्योग स्थापनाका लागि स्वीकृति दिसकिएको छ । पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् ।
३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती २, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: