×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठकमा के-के भयो निर्णय ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

मन्त्रिपरिषद् बैठकमा के-के भयो निर्णय ?

काठमाडौँ – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षाअनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकार प्रवक्ता एवं सञ्‍चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न स्विकृति पनि प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले युरोपेली युनियनले दिने ५ अरब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ । युरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।
त्यसैगरी बिमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली–२०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि स्वीकृत गरिएको छ । मन्त्रिपरिषद बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेस गर्ने निर्णय पनि गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: