×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म ग्यारेन्टीका साथ भन्न सक्छु बजार अझै घट्छ, बरु अहिले नै सेयर बेचेर घर-जग्गातिर लगानी गरेको राम्रो’ (अन्तर्वार्ता)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

‘म ग्यारेन्टीका साथ भन्न सक्छु बजार अझै घट्छ, बरु अहिले नै सेयर बेचेर घर-जग्गातिर लगानी गरेको राम्रो’ (अन्तर्वार्ता)

  • अर्थ सरोकार सम्बाददाता 
दुर्गाप्रसाद काफ्ले । कुनै बेला बजार १२०० मा आउँछ भनेर धेरैको गाली खाएका पात्र । जसले जति नै गाली गरेपनि बजार उनले भनेजस्तै भयो । त्यसपछि त झन् उनलाई गालीको बर्षा नै हुन थाल्यो । नहोस् पनि किन, बजारमा लगानीकर्ताहरु घाटा व्यहोरीरहेका थिए र उनी बजार निरन्तर घट्छ भन्ने प्रक्षेपण गरिरहेका थिए । तर पछि उनी निकै समय मौन बसे । अर्थसरोकारकर्मी चितवन पुगेका बेला भेटिएका दुर्गा प्रसाद काफ्लेले बजार पुन: नमज्जासँग घट्ने दावी गरेका छन् । हेरौं उनीसँग गरिएको कुराकानीको एक अंशमा ५ प्रश्न : 

१. आजकल के गर्दैहुनुहुन्छ ? बजारका बारेमा त बोल्नै छोड्नु भयो त ?
दुर्गा प्रसाद काफ्लेले सेयर बजारमा बोल्न छोडेको छैन । निरन्तर बोलीरहेको छु । आजकल मेरो व्यापारमा अलि बढी नै व्यस्त छु । अव त सेयर बजारमा मात्र लागेर पैसा कमाउँला भन्ने कसैले नसोचे पनि हुने स्थिति आएको छ ।  नवलपरासीमा भएको मेरो फर्ममा व्यस्त छु । बजारबाट टाढाचाहिं छैन । चामल बेच्छु, भैंसी फर्म चलाउँछु तर सेयर बजारबारे अपडेट लिइरहन्छु ।

२. सेयर बजार छोडेर व्यापारतर्फ लाग्नुभएको हो ?
मैले अगिनै पनि भनें मैले  सेयर बजार छोडेको होइन । यो केहि व्यक्तिहरुले चलाएको नियोजित हल्लामात्र हो । मसँग अझै पनि थुप्रै कम्पनीहरुको सेयर छ । आफ्नो व्यापार पनि गरिरहेको छु । सेयरमा भन्दा व्यापारमा बढी फाइदा छ आजकल । एक कित्ता सेयर बेचेर एक प्याकेट तेल नआउने भैसक्यो । बजारमा हरेक कुरामा मूल्यवृद्धि भएको छ । बैंकको ऋण तिर्नुछ । सेयर बेच्दा घाटा हुने समयमा चामल बेच्दा फाइदा छ ।  संयमित भएर काम गर्नुपर्ने स्थिति छ । हामी त लगानीकर्ता हौँ । जे गर्दा फाइदा हुन्छ त्यहि गर्ने हो । अहिले सेयर बजारमा फाइदा छैन ।  व्यापार गर्नुमा फाइदा छ । जग्गा किन्नुमा फाइदा छ ।  सेयर बजार छोडेको त हुँदै होइन । 
३. अव बजार कता जान्छ त ?
तल-तल जान्छ । झन् तल जान्छ । अझै तल जान्छ । बजार घट्नु वा तल जानुको विकल्प नै छैन । ८ अर्व पूँजीलाई बैंकले धान्न सकेको अवस्था छैन । अझै पूँजी बढाउने कुरा छ । त्यसो भयोभने त बजार झन् कहाँ तल पुग्छ पुग्छ । बैंक र अन्य संस्थाहरुले अव लगानीकर्तालाई के दिने ? अहिले बजारमा रिटर्न छैन । अहिलेकै स्थितिमा बजार सार्है तल जाने कुरामा कुनै शंका छैन । चुनावपछि बजार बढ्छ कि भन्ने थियो । तर बढेन । बजेट आएको दिनपनि बजार रातै भएर बन्द भयो । यसको अर्थ अव कसैका हल्लाका भरमा बजार बढ्दैन भन्ने पक्का भएको छ । बजार निरन्तर अव घट्छ । बरु बेलैमा बेचेर घाटा कम गर्नतर्फ लाग्दा बेश हुन्छ । बरु घरजग्गा किन्दा हुन्छ । अरु व्यापार गर्दा हुन्छ । सुन किने हुन्छ बरु, सुन घट्दैन । तर सेयर बजारमा अव नाफा कमाउन निकै गाह्रो छ ।  निकै सोचेर मात्र लगानीगर्नुपर्छ ।
४. कतिसम्म तल जाला त बजार ?
कतिसम्म त नभनौं । तर बजार १२०० भन्दा माथि जाँदैन । तल त १००० सम्म नेप्से आयो भने पनि अचम्म नमाने हुन्छ । बजार बढ्नुपर्ने कुनै पनि कारण छैन । बजारमा चरम मूल्यवृद्धि छ । बैंकको ब्याजले अधिकांसलाई पिरोलेको छ । बजारमा लगानी गर्ने अवस्था नै छैन । जग्गामा अघिल्लो बर्ष २० लाख लगानीगर्दा अहिले त्यहि जग्गा सजिलै ४० लाखमा बेच्न सकिने अवस्था छ । एक बर्ष अघि ४० लाखमा किनेको सेयर बरु अहिले उस्तै परे २० लाखको भएको होला । तत्काल बैंकको ब्याजदर घट्ने भन्ने सम्भावना पनि छैन । त्यसैले बजार बढ्नुपर्ने कुनै पनि कारण छैन, बढ्दैन । बजार यहि १००० देखि १३००को बीचमा अल्झिन सक्छ । १३०० सय भन्दा बढी इन्डेक्स धान्ने त नेपालको बजार नै छैन अहिले । त्यसैले सबैजना यो कुरामा सतर्क हुन जरुरी छ ।
५. बजार २५०० नाग्छ भन्ने हरु पनि छन् नि त ?
ती बज्रस्वाँठहरु हुन् । आफ्नो सेयर बेच्नलाई अनेक अफवा फैलाउनेहरु हुन् । त्यस्ता अफवा फैलाउनेहरुबाट लगानीकर्ता सचेत हुनुपर्छ । हुन त अव लगानीकर्ताहरुले पनि किन र कसले यस्ता हल्ला चलाउँछ भन्ने कुरा बुझिसके । मन्त्रीलाई भेटेर मार गाली खाने, अनि सेयर बजारबारे अर्थमन्त्रीले राम्रो कुरा भन्नुभयो भनेर बजार बढाउन खोज्नेहरु आफैं खुइलिएका छन् ।  हुन त  बजार कसैले बढ्छ भनेर बढ्ने होइन । अव त झन् बजार यति ठुलो भइसक्यो कि यहाँ कसैले सानो-तिनो चलखेल गरेर पनि केहि हुनेवाला छैन । बजार मैले घट्छ भनेर घट्ने पनि होइन । तर मैले यथार्थ बोलीरहेको छु । बजार बढ्ने कारण नै नभएपछि कसरि बढ्नु र ?
६ . सेयर बजार अव भ्याटमुक्त भयो, अनलाइन आउंदैछ ! के त्यो बजार बढ्ने आधार होइन र ? 
अव यो भ्याट-स्याटले बजारलाई छुंदैन । बजार ठुलो भइसक्यो । बजार बढ्न अर्थतन्त्र बलियो हुनुपर्यो । बजार बढ्नुपर्ने अन्य कारणहरु बढ्नु पर्यो । अहिले लगानीकर्ताहरुलाई बैंकको ब्याजले नै पिरोलीरहेको छ । सबैतिर महंगी छ । त्यसैले बजार घट्नुको विकल्प छैन । अव अनलाइन आउनेबितिकै बजार कहाँ-कहाँ पुग्छ भनेर थुक कसैले ननिले हुन्छ । हामीले परिकल्पना गरेको जस्तो अनलाइन सिष्टम आउंदै आउँदैन । त्यसमाथि अनलाइन आउँछ अनि बजार बढ्छ भनेर थुप्रै पटक बजारमा चलखेल भइसकेको छ । अव यस्ता भ्रमबाट सबै लगानीकर्ता मुक्त हुन जरुरी छ ।
७. अन्त्यमा बजारका लगानीकर्ताहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?
सेयर बजारमा अहिले हाम नफाल्न सुझाव दिन्छु । इनिसियल इन्भेष्टरहरुलाई गाह्रो छ । यो बजारमा पस्ने बेला होइन । अरुका हल्लाका पछि लाग्नुभन्दा आफैं बुझेर यस विषयमा निर्णय गर्न उचित हुन्छ। बरु व्यापार गर्नुहोस्, घर जग्गामा लगानीगर्नुहोस् । तर सेयर बजारमा अहिले नै लगानीगर्नु भनेको त धेरै पैसालाई थोरै पैसा बनाउनुमात्र हो । बाँकी त लगानीकर्ताहरु आफैं सचेत हुनुहुन्छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: