×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वर्षपछि काे बन्ला अर्थमन्त्री ? के छ कानुनी व्यवस्था ?

PRIME CA

दुई वर्षपछि काे बन्ला अर्थमन्त्री ? के छ कानुनी व्यवस्था ?

४ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथा छनोट प्रणालीबाट कार्यकाल निर्धारण गरिएको छ ।संघीय संसद् सचिवालयले संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा साेमबार टुङ्गो लगाएको हो । 
वर्तमान संविधानको धारा ८६ मा कसको कार्यकाल कति वर्षको हुने भन्ने टुङ्गो लगाइने व्यवस्था रहेकाे छ । जस अनुसार जम्मा ५९ सांसदमध्ये १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था अनुरुप गोलाप्रथाबाट पदावधि टुंगो लगाइएको हो ।
राष्ट्रियसभा सदस्यको कार्यकालकाे छिनोफानो हुँदै गर्दा बाँकी रहेको कार्यकालमा अब फेरि कसरी सदस्य चयन गर्ने र राष्ट्रियसभा सदस्य भएकाहरु मन्त्री बनेको र उनीहरुको पद के हुन्छ भन्ने धेरैको चासो बढेकाे छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा ५ बमोजिम रिक्त हुन आउने पदमा निर्वाचन वा मनोनयन जुन तरिकाले सदस्य बनेका थिए त्यसै तरिकाबाट बाँकी अवधिका लागि फेरि सदस्य पूर्ति गर्न सकिने प्रावधान छ ।
अहिले राष्ट्रपतिबाट मनोनित भएका एक जना राष्ट्रियसभा सदस्य सरकारको मन्त्री छन् । राष्ट्रपतिबाट मनोनित डा.युवराज खतिवडा अर्थमन्त्री छन् ।
गोलाप्रथाबाट डा.खतिवडाको पदावधि जम्मा २ वर्षको लागि कायम भएको छ । राष्ट्रपतिबाट मनोनितको समूहबाट पहिलो गोला डा.खतिवडाले तानेका थिए । उनकाे भागमा दुइ वर्षकाे गाेला पर्याे । डा.खतिवडाको पदावधि २ वर्ष मात्रै भएपछि उनकाे मन्त्रीको कार्यकाल समेत २ वर्षको मात्रै हुने भएको छ ।
तर राष्ट्रपतिबाट मनोनित हुने उनकाे बाटो भने बन्द भएको छैन । सरकारले चाह्याे भने फेरि पनि उनलाइ नै मनोनितका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ ।
यो अवधिमा डा.खतिवडाको कार्यकालकाे मूल्यांकन गर्दै सरकारले मनोनितका लागि सिफारिस गर्याे भने मन्त्री हुने बाटो यथावत छ । तर उनकाे सट्टामा सरकारले अर्को नाम सिफारिस गरे डा.खतिवडाले मन्त्री पदबाट पनि बिदा लिनुपर्ने हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: