×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे ३३ किलो सुन प्रकरणमा छानविन समितिलाई यसरी घुमाए गाेरे र डेविटले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

साढे ३३ किलो सुन प्रकरणमा छानविन समितिलाई यसरी घुमाए गाेरे र डेविटले

काठमाडौँ  – सुन तस्करीको अभियुक्त छिरिङ वाङ्गेल घलेले इन्कारी बयान दिएका छन् ।
लामो समयसम्म फरार रहेका उनले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।
मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् ।
छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।
गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’
भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: