×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका, क-कसले पाउँछ भर्न ?

PRIME CA
laxmi sunrise bank

ग्रीनको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका, क-कसले पाउँछ भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : १० असार २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -ग्रीन डेभलपमेन्ट बैंकको संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता सेयर लिलामी गर्ने आइतबार अन्तिम दिन हो । ग्रीनले असार ३ गतेदेखि लिलामीमा सेयर बेचिरहेको छ । यसमा सर्वसाधाणले पनि आवेदन दिन पाउनेछन । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार बिन्दु बनाएर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १००० कित्ताका लागि आवेदन दिन पाइनेछ ।
अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बाग्लुङबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: