×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री खोज्दै कांग्रेसले संसद अवरुद्ध पार्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

गृहमन्त्री खोज्दै कांग्रेसले संसद अवरुद्ध पार्यो

काठमाडौँ – विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्रालय अन्तरगतको शीर्षकमा छलफल जारी रहँदा समेत गृहमन्त्री थापा अनुपस्थित भएको भन्दै कांग्रेस सांसदले नियमापत्ति गरेका हुन् ।
मन्त्री उपस्थित नभएसम्म बैठक सञ्चालन हुन नदिने कांग्रेसको अडानका कारण बैठक १० मिनेटका लागि स्थतगित भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र सहित गृहमन्त्रालयमाथिको छलफल हिजैबाट सुरु भएको हो । छलफल हिजै सक्ने तयारी भएपनि सांसदहरुले बोल्ने क्रम नसकिएपछि आज थप छलफल भएको हो ।
सभामुख कृष्णबहादुर महराले गृहमन्त्री थापा बैठकमा उपस्थित हुने आश्वासन दिएपनि कांग्रेस सांसदले अवरोध कायम गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयमाथि विनियोजित रकम र शीर्षकमाथि छलफल हुन बांकीछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: