राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकसमेत रहेका विद्यावारिधि सिग्देल नियामक आइक्यानको पार्षद् पदमा निर्वाचित !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा विद्यावारिधि सिग्देल निर्वाचित भएका छन् । कुल १० पार्षद् पदका लागि भएको निर्वाचनमा उनले जीत हाँसील गरेका हुन् । सिए क्षेत्रमा निकै प्रिय मानिएका सिग्देल राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्यसमेत हुन् ।

शुक्रबार भएको निर्वाचनको मतपरिणाम अनुसार उनले आइक्यानको काउन्सिल यात्रा सुरु गरेका हुन् ।  पोखरेलीमाझ झन् प्रिय बनेका  सिग्देल हाल डोल्मा इम्प्याक्ट फन्डमा इन्भेष्टमेन्ट डाइरेक्टर छन् । उनी यसअघि कैलाश बिकास बैंक र अन्नपूर्ण फाइनान्ससमेत आवद्ध थिए ।   
प्रकाशित : Saturday, June 09, 2018

recent

Popular Posts