जोशी हाइड्रोपावरको आइपीओ भर्ने म्याद अब असार ११ सम्म, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भर्ने समय बढेको छ । उक्त आइपिओ अब असार ११ गतेसम्म किन्न पाइनेछन् । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेको यो आइपीओ छिटोमा मंगलबार (जेठ २२ गते) सम्म भर्न पाइने व्यवस्था गरेको थियो । तर यो समयभित्र आवश्यक मात्रमा आवेदन नपरेपछि अब असार ११ गतेसम्म अइपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले जेठ ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ दरको यो आइपीओमा इलाम नगरपालिका वडा नं १, ३ र ४ का स्थानीयबासीलाई बिक्री खुला गरीएको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । आयोजना प्रभावितले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका शाखाबाट आइपीओका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित : Tuesday, June 05, 2018

recent

Popular Posts