×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सको असार १० गतेदेखि हकप्रद खुल्दै, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सको असार १० गतेदेखि हकप्रद खुल्दै, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार १० गतेदेखि जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । जेबिल्सले १०ः४ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री गर्न लागेको हो । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले यो हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछन् ।  
यसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: