×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर खुला, कहिले सम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर खुला, कहिले सम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । यस हकप्रदमा  जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ । 
बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: