कामना सेवाको एजिएम हुँदै, के-के एजेन्डा पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असार ३२ गते कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले ५.५०% बोनस सेयर र ६.५० नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यसैगरी, सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । कामनाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन प्रक्रियामा जाने भएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा लैजानेछ । 

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साधारण सभा इन्द्रेणी फुड ल्यान्ड नयाँ वानेश्वर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । साधारण सभाका लागि बैंकले असार १८ गतेदेखि बुक क्लोज गर्नेछ । असार १७ गतेसम्म कायम सेयरधनीले मात्र कामनाले दिने लाभांश पाउनेछन् । 

हाल यो बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३२६.२९ रुपैयाँ छ । कामनाले यही पुँजीमा बोनस र नगद लभांश दिन लागेको हो । बोनस सेयर वितरण गरिसकेपछि चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Monday, June 25, 2018

recent

Popular Posts