×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीले थुन्छु भनेपछि डराए मिनेन्द्र, प्रधानमन्त्रीसँग गुहार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

गृहमन्त्रीले थुन्छु भनेपछि डराए मिनेन्द्र, प्रधानमन्त्रीसँग गुहार !

काठमाडौँ – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले वर्तमान सरकारका मन्त्रीहरुले कर्मचारीहरुलाई तर्साउँदै हिडेको आरोप लगाउँदै प्रधामन्त्री केपी शर्मा ओलीले ती मन्त्रीहरुलाई लगाम लगाउनु पर्ने सुझाव दिएका छन् ।
आजको संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको र राष्ट्रपतिलगायतका कार्यालयहरुको सम्बन्धमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो भनाई राख्दै कांग्रेस नेता रिजालले भने, ‘कानुनमन्त्री तर्साउँदै हिड्नुहुन्छ । न्यायधीश थर्काउने काम मन्त्रीको हैन । सबलाई थुन्छु भन्दै हिड्नुहुन्छु गृहमन्त्री । कानुन देखाएर थुन्नुस । प्रधानमन्त्रीज्यु मन्त्रीहरुलाई नियन्त्रणमा राख्नुपर्‍यो । लगाम लगाउनुस मन्त्रीहरुलाई संविधानमा बस्नका लागि । कानुनअनुसार चल्नका लागि ।’
पर्यटनमन्त्रीले एयरपोर्टको कर्मचारी तर्साउँदै हिडेको उल्लेख गर्दै रिजालले आस्थाका आधारमा तर्साउन उपयुक्त नहुने बताए । पर्यटनमन्त्री रवीन्द्र अधिकारीतर्फ इंगित गर्दै रिजालले भने, ‘तपाइ देखेरै तर्सन्छन् कर्मचारी । किन तर्साउनुहुन्छ ।’
सञ्चारमन्त्रीले पत्रकारलाई तर्साउँदै हिँडेको उल्लेख गर्दै प्रेस काउन्सिलमा जाँच दिएर पत्रकार बन्ने नियम बनाउनु सर्वसत्तवादी सोच भएको उनको आरोप थियो ।
त्यसैगरी मन्त्रीहरुमा समन्वयसमेत नदेखिएको उल्लेख गर्दै ती मन्त्रीहरुलाई एकै ठाउँमा राखेर मिलाउन सुझाव समेत दिए । रिजालले भने, ‘गृहमन्त्री एउटाले तस्कर बचायो भन्छ । आपुर्ति मन्त्रीले उनको कुरा मान्दैन । जनता तस्करीलाई छाड्ने मन्त्री छाड्न तयार छैन । दुबैलाई राखेर मिलाउनुस् प्रधानमन्त्रीज्यु ।’
प्रधानमन्त्री कार्यालयमा यसपटक भैपरी आउने शीर्षकमा खर्च देखिएको र यो नयाँ अभिलेख भएको रिजालको भनाई थियो । उनले बजेटमा खर्च गर्न टुंगो लगाउन नसकेपछि भैपरी शीर्षक राखेको र प्रधानमन्त्री कार्यलयले गलत सन्देश दिएको तर्क गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: