×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोको आइपीओ खुल्दै, क-कसले पाउँछ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ असार २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

माउन्टेन हाइड्रोको आइपीओ खुल्दै, क-कसले पाउँछ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – माउन्टेन हाइड्रो नेपालले १२ लाख ५० हजार कित्ता आइपीओ पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको छ । कम्पनीले निष्कासन हुने कुल सेयरमध्ये ७ लाख ५० हजार कित्तामा फिदिम नगरपालिका र हलिहाङ् गाउँपालिकाका स्थानीयले मात्र आवेदन दिन पाउनेछन् । बाँकी रहेको ५ लाख कित्ताका लागि भने पाँचथर जिल्लाको अन्य क्षेत्रका बासिन्दाले भर्न सक्नेछन् ।
यो आइपीओमा असार २२ गतेदेखि साउन ४ गतेसम्म आवेदन दिन पाइन्छ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न पाउने व्यवस्था छ । आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 
लगानीकर्ताले फिदिमस्थित माउन्टेन हाइड्रोको आयोजना कार्यालय तथा सेन्चुरी बैंक, प्रभु बैंक, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र सिभिल बैंकको फिदिम शाखाबाट आवेदन दिन सक्नेछन् । माउन्टेनको आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 
कम्पनीको जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ । पहिलो चरणमा जारी पुँजीको १०% आइपीओ आयोजना प्रभावितलाई बिक्री गर्न लागिएको हो । यसपछि फेरि कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आइपीओ बिक्री गनुपर्ने हुन्छ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्ले हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत ३ अर्ब ९५ करोड २९ लाख २७ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: