×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादम कलेजको नक्कली सर्टिफिकेट बजारमा, ६ जना सीआइबीको फन्दामा परेपछि यस्तो खुलासा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

न्यादम कलेजको नक्कली सर्टिफिकेट बजारमा, ६ जना सीआइबीको फन्दामा परेपछि यस्तो खुलासा !

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र भएका ६ जना नक्कली गाइडलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमृत डंगोल, किशोर चौगुठी, माधव चालिसे, अनिल महर्जन, रमेश महर्जन र राजिप महर्जन रहेका छन् ।
सिआइबीका एसपी कृष्णहरी शर्माका अनुसार उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको छ । पक्राउ परेकाहरुले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा स्नातक तहको परिक्षा उत्तिर्ण गरी चिनियाँ भाषाको पर्यटक पथ प्रदर्शकको अनुमती देखाएर काम गर्दै आएका थिए ।
जानकारीमा उनीहरुले न्यादम पढ्दै नपढेको खुलेको छ । जबकी नाथममा नपढिकन अनुमती पत्र लिन सकिदैन । नेपालमा आउने पर्यटकलाई पथ प्रर्दशकको रुपमा काम गर्ने व्यक्तिहरुको अनुमतीपत्र नक्कली हुने गरेको पहिलो पटक खुलासा भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: