×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंकको १२ प्रतिशत ब्याजदरमा धन बर्षा योजना पुनः शुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एसिया बैंकको १२ प्रतिशत ब्याजदरमा धन बर्षा योजना पुनः शुरु

काठमाडौं – एनआईसी एसिया बैंकले उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धन बर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा ब्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको उच्च ब्याजदरसहितको धन बर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएकाले पुनः सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो योजना बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । एक वर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुविधासमेत उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।
२१८ शाखा, २१० एटीएम, १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ युनिट र ५५ सयभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट रहेको बैंकमा चालू आवको चैत मसान्तसम्म १३३.७२ अर्ब निक्षेप, कज १०८.९६ अर्ब कर्जा लगानी रहेको छ । बैंकको खराब कर्जा अनुपातः ०.२२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.०३ प्रतिशत, प्राथमिक पुँजी एवम् निक्षेप र कर्जाको अनुपात ७८.१६ प्रतिशत र तरलता अनुपात २०।४२ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: