×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेको इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्सुरेन्सको २ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । असार ५ गतेदेखि यो सेयर लिलामीमा ल्याएको हो । यस लिलामीमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । संस्थापक सेयरको न्यूनतम मूल्य २४२ रुपैयाँ तोकिएको छ । आवेदकले यही २४२ रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट फारम भनुपर्नेछ । यसमा व्यक्ति, कम्पनी र संघ संस्थाले आवेदन दिन सक्नेछन् । 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्सालबाट आवेदन दिन सकिनेछ । न्यूनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र प्रस्ताव गर्न पाइनेछ । हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: