नेपाल कम्यूनिटीको नयाँ शाखा बुटवलको कालिकानगरमा, बैंकका अध्यक्ष घिमिरेले गरे उद्घाटन

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि.ले बुटवल उप-महानगरपालिका वडा नं. ११ कालिकानगरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको यो १७औं शाखा हो । बैंकका अध्यक्ष पशुपति घिमिरेले रिबन काटी शाखाको समुद्घाटन गरे ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु यूव राज के.सी., हिरामणि अर्याल, डा.खिमानन्द पाण्डे, शालिक राम वेल्वासे र विपिन पौडेल एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल र नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो ।
प्रकाशित : Monday, June 11, 2018

recent

Popular Posts