×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको असार ३ देखि सेयर लिलामी आउंदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्सुरेन्सको असार ३ देखि सेयर लिलामी आउंदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार ३ गतेदेखि नेपाल इन्सुरेन्सले सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर गरि कुल १ लाख ६१ हजार १२४.१० कित्ता लिलामीमा ल्याउन लागेको हो । सेयरधनीले संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्ता सम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँ अंकित मूल्यको यो लिलामीमा असार १० गतेसम्म भर्न सकिनेछ । 
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: