प्रभु बैंकको असार ११ देखि सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असार ११ गतेदेखि प्रभु बैंकले सेयर लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले संंस्थापक समूहको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समूहको ६ लाख ७१ हजार ६२ कित्ता गरि जम्मा २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण तर्फ १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यमा आवेदन दिन सकिनेछ । 

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौं तथा वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ ।प्रभुकै नेपालगञ्ज, धनगढी, बाग्लुङ र कावाशोती नवलपरासी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 

आवेदन दिने अन्तिम म्याद असार १८ गतेसम्म तोकिएको छ । हाल प्रभुको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । लिलामी पछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Monday, June 18, 2018

recent

Popular Posts