×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिताको स्वास्थ्यमा सुधार, प्रचण्ड अझै एक हप्ता सिंगापुर बस्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिताको स्वास्थ्यमा सुधार, प्रचण्ड अझै एक हप्ता सिंगापुर बस्ने

काठमाडौँ – पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप एक हप्ता सिँगापुरमा रहने भएका छन् ।
कान्छी छोरी गंगाले आमाको स्वास्थ्य र मनोविज्ञानलाई समेत ख्याल गर्दै प्रचण्ड थप एक हप्ता उतै बस्ने निर्णयमा पुगेको जानकारी फेसबुकमार्फत गराएकी छन् ।
उनले भनेकी छन्, ‘देशको राजनीति र व्यस्तताका बाबजूद पनि ममिको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै एक हप्तापछि नेपाल फर्कनु हुनेछ ।’
४ असारमा सिँगापुर प्रस्थान गरेका प्रचण्डको ८ असारमा नै काठमाण्डु फर्कने कार्यक्रम थियो । तर सीताले वाटर थेरापी लिनुपर्ने र डाक्टरको प्रत्यक्ष निगरानी मा औषधी सेवन गर्ने सल्लाह अनुसार उनको सिँगापुर बसाईं लम्बिन पुग्यो ।
सीताको उपचारका लागि प्रचण्ड छोरी गंगा दाहाल, भतिज समीर दाहाल र एकजना नर्ससँगै सिंगापुर पुगेका थिए । छोरी गंगा चाहिँ १० असारमा काठमाण्डु फर्किसकेकी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: