×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको असार २७ देखि ५०% हकप्रद आउंदै, कहाँ जाने फारम भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

समता माइक्रोफाइनान्सको असार २७ देखि ५०% हकप्रद आउंदै, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २७ गतेदेखि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बेच्न लागेको हो ।  यो हकप्रदमा  आवेदन दिन सकिनेछ । असार ११ गतेसम्म कायम सेयरधनीले साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन पाइनेछ । 
त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: