×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५०% हकप्रदमा मूल्य समायोजनपछि समता माइक्रोफाइनान्सको कतिमा खुल्यो कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

५०% हकप्रदमा मूल्य समायोजनपछि समता माइक्रोफाइनान्सको कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्सको ५०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि समताको सेयर भाउ प्रतिकित्ता १ हजार ४०१.३३ रुपैयाँ कायम भएको छ । मंगलबार यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य भने ८४५.१७ रुपैयाँ छ ।
समताले असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गरेको हो । यो हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: