×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्नको एजीएम भयो सुरु, यी प्रस्तावहरु पेस गर्दै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ असार २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

वेष्टर्नको एजीएम भयो सुरु, यी प्रस्तावहरु पेस गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकको साधारण सभा बुधबार ११ बजे होटल माला इन, घोराही दाङमा सुरु भएको छ । सभामा बैंकले १७.४१% बोनस सेयर र कर तिर्न ०.९२% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसको साथमा संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यसैगरी, अधिकृत पुँजी ५० करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने प्रस्तावमा पनि छलफल हुनेछ ।
वेष्टर्नले अन्य कुनै वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा यस सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुँदैछ । 
हाल वेस्टर्नको चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार १६० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: