×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले ऋण असुली बढाउन ब्याजदर छुट दिने , असारसम्म कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ऋण असुली बढाउन ब्याजदर छुट दिने , असारसम्म कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु

काठमाडौं – सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजमा विशेष छुट दिने भएको छ । बैंकले ऋणीलाई कर्जा भुत्तानीका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न  जानकारी दिएको छ । असारसम्म पनि कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु हुने बैंकले जनाएको छ । 
बैंकले विभिन्न शिर्षकबाट कर्जा लिई २०६३ चैतअघिको भुक्तानी म्याद नाघेका मध्ये १ करोड रुपैयाँ कर्जा लिई हालसम्म साँवा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीले असारसम्म कर्जा चुत्ता गरेमा बाँकी ब्याजमा विशेष छुट दिने जानकारी दिएको छ । बैंकले आउदो असारसम्म ऋण असुली बढाउन ब्याजदर छुट दिन जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: