'नाफा चाहाने हो भने कलेज होइन चाउचाउ फ्याक्ट्री खोले हुन्छ, कुनै कलेजले बढी शुल्क लिए हामीलाई खबर गर्नू'


काठमाडौँ- अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एसइइ पास गरेका विद्यार्थीहरुलाई ठग्ने छुट कुनै पनि कलेजलाई नभएको बताएका छन् । अर्थ सरोकार डटकमले उत्पादन गरेको राजनीतिक बहसको कार्यक्रम कुरा खस्रा मिठामा पत्रकार बाबुराम भुषालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

साथै उनले कुनै कलेजले बढी शुल्क लिए आफुलाई खबर गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कार्यक्रमको पूरा भाग आइतबार बेलुकी ६ : ३० बजे टिभी टुडे टेलिभिजनमा हेर्न सक्नुहुनेछ ।
प्रकाशित : Saturday, June 23, 2018

recent

Popular Posts