×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहायक महाप्रबन्धक तह देखिका सबै बैंकरलाई ‘कुलिङ’ लाग्ने, साउन १ गतेदेखि कार्वनयन गर्ने राष्ट्र बैंकको तयारी !

PRIME CA

सहायक महाप्रबन्धक तह देखिका सबै बैंकरलाई ‘कुलिङ’ लाग्ने, साउन १ गतेदेखि कार्वनयन गर्ने राष्ट्र बैंकको तयारी !

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अवदेखि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मात्र होइन सहायक महाप्रबन्धक (एजीएम) तहदेखि नै सबै बैंकरलाई कुलिङ पिरियडको नीति लागू हुने भएको छ । सीइओलाई मात्र कुलिङ लगाउँदा राष्ट्र बैंकको सर्कुलरको छिद्र प्रयोग गरेर सीइओहरु अर्को बैंकको डेपुटी सीइओमा गएको भन्दै राष्ट्र बैंकले यस्तो नीतिको अवलम्बन गर्न लागेको हो । राष्ट्र बैंक स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार यहि आउँदो साउन १ गतेदेखि कार्वनयन गर्नेगरीको सर्कुलर जारी गर्ने तयारी नियामक राष्ट्र बैंकले गरीसकेको छ । 
‘एक त सीइओलाई जुन उदेश्यका साथ कुलिङ लगाइएको थियो त्यसको उदेश्य नै पूरा नभएको देखियो । अर्कोतर्फ बैंकका डेपुटी सीईओ तथा डीजीएमहरूपनि भकाभक एक बैंकबाट अर्को बैंकमा जान थालेको देखियो । त्यसपछि कम्तीमा ३ महिनाको कुलिङ ल्याउन राष्ट्र बैंकले तयारी थालेको हो ।’ राष्ट्र बैंक स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो, ‘ अव कुलिङ लगाउनुको विकल्प नै भएन । यहि साउन १ गतेदेखि लागु हुने गरी सर्कुलर जारी हुने तयारी छ । यद्यपी साउन १ लाई धकेल्न पनि भागिरत लविङ आइरहेको छ ।’
पछिल्ला यी घटनापछि राष्ट्र बैंक बाध्य भयो साना बैंकरलाई कुलिङ ल्याउन ! 
यसो त पछिल्ला केहि घटनाहरुले भकाभक डेपुटी सीइओहरुले बैंक छोडेको र त्यसले सम्बन्धित बैंकलाई असर गरेको देखिएको छ । केही समयअघि प्रभु बैंकका डेपुटी सीईओ तारा मानन्धर मुक्तिनाथ विकास बैंक गए । यस्तै घोटाला प्रकरणले रन्थनिएको बैंक लुम्बीनी बिकास बैंकमा देव: विकास बैंकका डेपुटी सीईओ नरेससिंह बोहोरा नियुक्त भए । यस्तै ग्लोबल आइएमइ बैंकका डेपुटी सीइओ माछापुछ्रेमा सीइओ नियुक्त भए । उनले औपचारिक रुपमै ग्लोबल आइएमइ छोडीसकेका छन् । यस्तै कारणपनि बैंकहरुमा एजीएम तहदेखि नै कुलिङ लगाउन लागिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: