शाखा विस्तारमा 'एग्रेशिभ' बन्दै गरिमा विकास बैंक, मोरङ्गका छुट्टाछुट्टै स्थानमा ४ शाखा विस्तार


काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले शाखा विस्तार गर्दै  सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले एकैदिन  सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो ।

ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले, धरान शाखाको उद्घाटन धरान उप–महानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदीले, बिराटनगर शाखाको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले र टंकीसिनवारी शाखाको उद्घाटन बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले गरे ।

बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्दैछ ।
प्रकाशित : Wednesday, June 13, 2018

recent

Popular Posts