×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुरु न्यौपानेको अर्को काण्ड पनि बाहिरियो, अर्थमन्त्री युवराज खतिवाडाका छोराकै सहिछाप किर्ते गरिएको आरोप !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

गुरु न्यौपानेको अर्को काण्ड पनि बाहिरियो, अर्थमन्त्री युवराज खतिवाडाका छोराकै सहिछाप किर्ते गरिएको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी इन्साइडर ट्रेडिङ प्रकरणमा दोषी देखिएका गुरु न्यौपानेको एकपछि अर्को प्रकरण बाहिर आउन थालेको छ । कारवाहीबाट जोगिन नक्कली ‘डिभोर्स’ गरेको समेत आरोप लागेका न्यौपानेको जग्गासम्बन्धि अर्को काण्डसमेत बाहिरिएको हो । पहिला हालका अर्थमन्त्री डा. युवराज खतिवडाका निकै नजिकका व्यक्ति मानिएका न्यौपानेले पछि उनलाई केहि काममा धोका दिएको भन्दै खतिवडा र न्यौपानेको सम्बन्ध बिग्रिएको थियो । यहि बीचमा खतिवडा गभर्नर हुँदा न्यौपानेलाई बैंकको अध्यक्षबाट खतिवडाले निकाल्न सफल भएका थिए । उनै गुरु न्यौपाने नेतृत्वमा रहेको कञ्चनजंघा हाउजिङ कम्पनीको नाममा रहेको जग्गाको विषयलाई लिएर अर्को काण्ड पछिल्लो समय बाहिर आएको हो । 
यस्तो छ जग्गा पकरणको नालीबेली ! 
केहि बर्षअघिसम्म युबराज खतिवडा र गुरु न्यौपानेको सम्बन्ध निकै राम्रो थियो । त्यो बेला खतिवडाका छोरासँग मिलेर समेत गुरु न्यौपानेले विभिन्न कारबार गर्ने गरेका थिए । यसैबीचमा केही वर्षअघि हालका अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा, उनै गुरुप्रसाद न्यौपाने, खगेन्द्र सिग्देल र रामप्रसाद धिकारीको नाममा खरिद भएको काभ्रेको  साँगा वडा नं. ४ मा रहेको ३६ रोपनी जग्गाको प्रकरण बाहिरिएको हो । तत्कालीन अवस्थामा खरिद गरिएको उक्त जागामा अर्थमन्त्रीका छोरा तिलक खतिवडा  सहित, अधिकारी, सिग्देलले २०-२० लाख रुपैयाँ लगानी गरेका थिए भने न्यौपानेले ४० लाख रुपैयाँ लगानी गरेको स्रोतको भनाइ छ । 
तर, गुरुका छोरा सञ्जीव न्यौपानले कसैलाई पत्तो नै नदिई हाउजिङको नाममा रहेको काभ्रे साँगाको ३६ रोपनी जग्गा किर्ते सहीछाप गरी बेचिदिएको खुलासा भएको हो । यतिसम्म कि अर्थमन्त्री डा. युवराज खतिवडाका छोराको सहिछाप पनि किर्ते गरेको आरोप उनलाई लागेको छ ।  प्राप्त जानकारी अनुसार सुटुक्क बेचिएको उक्त जग्गा खरिद गर्दा त्यसभित्र परेको र थप हुन आएको ८ आना जग्गा पनि उनले मालपोतका कर्मचारीलाई मिलाएर आफ्नो नाममा पारेको भन्दै उनीविरुद्ध कानुनी उपचार खोज्ने प्रक्रिया पनि अगाडी बढाइएको छ । काभ्रेको नासिकास्थानमा रहेको यो प्रकरणवाला जग्गा अझै उनकै नाममा छ । 
खतिवडाका छोरा हाल जनता बैंकका कर्मचारी हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: