×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीलाई सेयर लगानीकर्ताको पत्र : ‘नेकपा’ भनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ हो कि ‘नेपाल कर पार्टी’ ?

PRIME CA

केपी ओलीलाई सेयर लगानीकर्ताको पत्र : ‘नेकपा’ भनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ हो कि ‘नेपाल कर पार्टी’ ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

आदरणीय केपी ओलीज्यू नमस्कार !
घाटामा पनि कर लगाउनुपर्ने निर्णय गर्नुभएछ ! सबैलाई थाहा छ डाक्टर साप खतिवडा तपाईंले जसो जसो भन्नुभो उसै उसै गर्ने हो । एक पटक तपाईंको दिमागलाई सम्झेर जोडदार हाँसें माइन्ड नगर्नुस् है ! ‘हा हा हा हा हा हा !’
जहाँसम्म लाग्छ तपाईंले मानार्थ विद्यावारिधि पाउनुभएको छ । नपढीकन पाएको विद्यावारिधिले पढेरै पाएका विद्यावारीधीवालाई कसरी फनफनी घुमाउन सक्दो रहेछ भन्ने सम्झेर फेरि हाँसे, माइन्ड नगर्नुस् है ! ‘हा हा हा हा हा हा !’
चुनावका बेलामा बृद्धभत्ता ५००० पुर्याउने कुरा गर्नुभयो, अहिले बजेटमा फिस्स ! बुढाबुढीलाई झुट बोल्ने तपाईंको मुख सम्झेर फेरि हाँसे ! माइन्ड नगर्नुहोस् है ! ‘हा हा हा हा हा हा !’
कसैले केहि पनि कुरामा नाफा कमाउँछ भने उसले कर तिर्नुपर्छ । त्यसमा कुनै शंका छैन । तर नोक्सानी भएका बेलामा पनि कर तिर भन्ने सिद्धान्त कहाँ पढ्नुभयो थाहा छैन । तर जनतालाई हेप्नुको पनि सीमा हुन्छ प्रधानमन्त्रीज्यू ! 
यहाँ अर्वपति विनोध चौधरी आफुलाई अरवौंको मालिक भन्छन् तर उनले तिरेको कर हेर्दा उनी सामान्य लगानीकर्ता जति पनि छैनन् । उनलाई कर नतिर्न छुट छ । अरवौंको काम गर्नेहरुलाई राजश्वका हाकिमले मिलाएर ढुकुटीमा कर नपुग्दा ठिक छ । जसले जे गरेपनि ठिक छ । अनि लगानीकर्ता हतास हुनेगरी कर लगाउँदा अलिकति पनि सोच्नु पर्दैन ?
अहिले एमाले र माओवादी मिलेर नेकपा हुनुभएको छ । यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा नेकपा नामको पार्टी दर्ता भएकाले तपाईंले नेकपालाई तल धर्को दिएर नेकपा अन्डरलाइन पार्नुभायेछ । त्यो नाम पनि निर्वाचन आयोगले नदिएपछि नाम खोज्दै हुनुहुन्छ रे ! तपाईंको व्यवहारले त पार्टीको नाम नेकपा अर्थात नेपाल कर पार्टी राख्दा सार्है राम्रो हुन्थ्यो । 
मेरो कुरा कस्तो लाग्यो कुन्नि ! मन परे तपाईं पनि हाँसीदिनुहोला !
यो पत्र पढेर थोरबहुत पाठक त हाँसी नै रहेका होलान् !
धन्यवाद 
एक लगानीकर्ता
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: