×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाका कार्यकर्तालाई दुखको खबर, ओली-प्रचण्डले उठाइने भए पार्टी सदस्यबाटै यति ठुलो रकम !

PRIME CA

नेकपाका कार्यकर्तालाई दुखको खबर, ओली-प्रचण्डले उठाइने भए पार्टी सदस्यबाटै यति ठुलो रकम !

२३ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं – नेकपाका २ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पैसा बटुल्ने काइदाको तरिका अपनाउने भएका छन् । खासमा उनीहरुले आफूहरुको बार्षिक आम्दानी लाख या करोडमा हिसाव गरेका छैनन्, सिधै अर्बको हिसाब निकालेका छन् ।
तत्कालीन माओवादीले एकतापछि नयाँ पार्टीका संगठित सदस्य करीव ७ लाख हुने दावी गरेपनि नेता कार्यकर्ताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्न थालेपछि लेबी शुल्क ५ गुणाले बढाएर बर्ष अरबौं आम्दानी गरे ओली-प्रचण्डको योजना छ ।
धेरैलाई यो कुरा पत्याउन गाह्रो होला तर ओली-प्रचण्ड नेतृत्वको (नेकपा)ले पार्टी सदस्य शुल्क बढाएर कार्यकर्ताहरुको ढाड सक्ने पद्दति बसाउन लागेको छ । त्यसका लागि अब कोष्टवाला नेकपाले प्रत्येक सदस्यले सदस्यता शुल्कवापत मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्नेछ । यो भनेको हालको सदस्यता शुल्कमा ५ गुणा वृद्धि हो ।
जिल्ला कमिटीहरुको एकीकरण प्रक्रियासँगै प्रत्येक सदस्यले मासिक सयौं रुपैयाँका दरले बुझाउनेछन् । पार्टी केन्द्रीय कमिटी एकीकरण भए पनि (नेकपा)का तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया शुरु भइसकेको छैन । दुवै पार्टीका सदस्य संख्या पनि यकिन भइसकेको छैन । तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा रहेको कम्प्युटर रेकर्ड अनुसार करीव ३ लाख संगठित सदस्य छन् ।
तत्कालीन माओवादी केन्द्रसँग भने पार्टी सदस्यको कुनै प्रमाणिक विवरण छैन । ०६९ साल माघमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा करीव दुई लाख ५० हजार सदस्य रहेको विवरण पेश भएको थियो । यद्यपि ती सदस्यको पनि केन्द्रीय कार्यालयमा रेकर्ड भने थिएन ।
मोहन वैद्यले पार्टी फुटाएर हिँडेको र बाबुराम भट्टराईसँगै रहेको अवस्थामा बिराटनगर महाधिवेशनमा पनि सोही संख्या कायम भएको थियो । यसबीचमा बाबुरामले पनि पार्टी छाडेर हिँडे । तर, माओवादीमा त्यसयता पार्टी सदस्यको विवरण अद्यावधिक गरिएको छैन ।
विभिन्न समूहहरुसँग एकीकरण भएको आधारमा प्रचण्डले करीव ४ लाख पार्टी सदस्यको विवरण पार्टी एकताका क्रममा पेश गरेका थिए तर त्यो सत्य नभएको माओवादी नेताहरु नै बताउछन् । ‘ती सबै संगठित सदस्य होइनन्, केहि साधारण सदस्य र समर्थक पनि जोडिएको हो ।’ स्रोतले संचारकेन्द्रसँग भन्यो- ‘एमालेसँग एकतामा जाने माथिल्लोलेयरका नेता अलि बढी छन् तर केन्द्रीय सदस्य नै पनि सयौं संख्यामा बाहिर छन्।’
एमालेसँग एकतामा नजाने सयौं माओवादी नेताहरुले युद्धकालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पुनर्गठन गरेका छन् । उनीहरुसँग पनि हजारौं कार्यकर्ता संगठित हुने निश्चित देखिएको छ । त्यतिमात्रै हैन प्रचण्ड एमालेमा बिलय हुने बेलामा माओवादी केन्द्रको एक घटक एकतामा नगएको समेत स्रोतले बतायो । जुन नयाँ पार्टी घोषणाको तयारीमा समेत छ ।
उक्त घटकले केहि दिनमै प्रचण्डलाई ठुलो धक्का दिनेगरी नयाँ पार्टी घोषणा गर्ने भित्रभित्रै तयारी थालेको छ । यसरी हेर्ने हो भने माओवादीबाट एमालेसँगको एकतामा जाने माओवादीका संगठित सदस्यहरु हजारको संख्यामा झर्ने स्रोतको आँकलन छ । तर विभिन्न एनजीओ, आइएनजीओ चलाएर मान्छे बटुलेको एमालेसँग भने अलि बढी सदस्य छन् ।
जसको बलमा उनले माओवादीसँग ६०/४० को हैसियतमा एकता पनि गर्यो । सम्भवतः तत्कालीन माओवादीका १ लाख सदस्य नवीकरण हुने अनुमानसहित नयाँ पार्टीको सदस्य संख्या ३ देखि साढे ३ लाख हुन सक्ने अनुमान नेताहरुले गरेका छन् । यद्धपि यो आँकडामा समेत उनीहरु आफै बिस्वस्त हुन् सकेका छैनन् ।
माओवादीसँगको एकतालाई लिएर असन्तुष्ट बनेका कयौं संगठित एमाले कार्यकर्ताहरुले समेत पार्टी छोड्न थालेका छन् । जसकारण नयाँ पार्टीमा यति नै संगठित पार्टी सदस्य हुन् सक्छन भन्नेमा ओली-प्रचण्ड नै भन्न सक्ने अवस्थामा छैनन् ।
यदि ३ लाख संगठित सदस्य भए पनि मासिक २ सयका दरले पार्टी सदस्यबाट करीव ६० करोड रुपैयाँ सदस्यता शुल्कमात्रै उठ्ने अनुमान छ । तर ओली-प्रचण्डले बाहिरि रुपमा देखाउनैकै लागि भएपनि दुवै पार्टीका गरी ५ लाख पार्टी सदस्य रहेको दावी गरेका छन् । त्यसो भए उनीहरुले प्रतिसदस्य मासिक १ सयका दरले पार्टी शुल्क तिर्ने छन् । यो बाहेक हरेक कमिटीले सदस्यको आर्थिक अवस्था हेरेर अतिरिक्त लेबी तोक्ने गर्छन् ।
केन्द्रीय कमिटीले प्रदेश कमिटीलाई वार्षिक रुपमा रकम तोकेर लेबी बुझाउन निर्देशन दिनेछ । त्यस्तै प्रदेश कमिटीले जिल्ला कमिटीलाई लेबीको भार तोक्छ । जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने पुरानै प्रणाली कोष्टवाला नेकपाले यथावत राख्ने भएको छ ।
प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र राजनीतिक नियुक्तिमा गएकाहरुले तलबको निश्चित प्रतिशत पार्टीलाई लेबी बुझाउनुपर्ने नियम राखिएको छ । राजदूत भएर गएकाले डलरमै लेबी बुझाउनुपर्ने तत्कालीन एमालेको नियम नेकपामा पनि निरन्तर हुने भएको छ ।
प्रत्येक सदस्यको आय स्रोत हेरेर सम्बन्धित कमिटीले अतिरिक्त लेबी तोक्दा पार्टीको आम्दानी लेबी र सदस्यता शुल्कबाट मात्रै वार्षिक २ अर्बभन्दा बढी हुने अनुमान गरिएको एक नेताले बताए ।
पार्टी एकीकरणपछि सदस्यता शुल्कमा पाँच गुणा बृद्धि हुने भएको छ । यसअघि तत्कालिन नेकपा एमालेमा सदस्यता शुल्क मासिक २० रुपैयाँ थियो । प्रत्येक सदस्यले सदस्यता नवीकरण गर्दा मासिक २० को दरले २४० रुपैयाँ बुझाउनुपर्ने नियम थियो । सो रकम सम्बन्धित कमिटीले लिएर केन्द्रमा ५० प्रतिशत पठाउने प्रचलन थियो ।
तत्कालीन माअ‍ोवादीमा सदस्यता शुल्क मासिक १५ रुपैयाँ थियो । पछिल्लो समय माओवादीमा सदस्यता नवीकरण हुन छाडेको छ । हेटौंडा महाधिवेशनपछि सदस्यता नवीकरण र अद्यावधिक गर्ने प्रणालीनै नरहेको स्रोतले जनाएको छ । चार हजार सदस्यीय केन्द्रीय कमिटी बनेपछि पार्टीको संगठन प्रणाली भद्रगोल भएको हो ।
अब नयाँ पार्टीका प्रत्येक सदस्यले पार्टी सदस्यता नवीकरण गर्दा मासिक एक सय रुपैयाँका दरले १२ सय रुपैयाँ जिल्ला कमिटीमा बुझाउनेछन् । जिल्ला कमिटीले नविकरण शुल्कमध्ये २५ प्रतिशत रकम आफूसँग राखेर बाँकी ७५प्रतिशत प्रदेश कमिटीमा पठाउने नियमावलीमा प्रस्ताव गरिएको छ । प्रदेश कमिटीले २५ प्रतिशत राखेर ५० प्रतिशत रकम केन्द्रीय कार्यालयको खातामा पठाउने व्यवस्था गर्न लागिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: