×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर निष्कासन हुँदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर निष्कासन हुँदै, कहाँ जाने भर्न ?

काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि  २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  चुक्तापुँजी बढाउन संस्थाले ५ कित्ता बराबर ३ कित्ता अनुपातमा उक्त  सेयर निष्कासन गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद साउन  २० गतेसम्म छ  । 
उक्त सेयरको  निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यलय रहेको आरएसडीसीको हकप्रद बाँडफाँडपछि चुक्तापुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ३५करोड ९९ लाख रुपैयाँ छ ।
संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ । जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: