×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्ड प्रवक्ता गिरीलाई घाटामा पनि कर लगाउनु ठिक हो भनेर समिर दाहालले सिकाएको चर्चा ! के हो तथ्य ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

बोर्ड प्रवक्ता गिरीलाई घाटामा पनि कर लगाउनु ठिक हो भनेर समिर दाहालले सिकाएको चर्चा ! के हो तथ्य ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लगानीकर्ताहरुले धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी माथि हातपात गर्ने प्रयास गरेको कुरालाई लिएर अहिले चौतर्फी विभिन्न भनाइहरु आइरहेका छन् । कतिपयले यसलाई अराजकताको पराकाष्टा भनेका छन् भने कतिपयले विवादित विषयमा बोल्नुको उपज भएको प्रतिक्रिया दिएका छन् । उनले किन विवादित विषयमा बोले ? कसले उनलाई यस्तो कुरा सिकायो ? अनेक चर्चाहरु भइरहेका छन् । यसै चर्चामा मुछिएका छन् सीबीआइएल क्यापिटलका सीइओ समिर प्रसाद दाहाल ।  
यसो त  समिर प्रसाद दाहालले पनि गिरीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ‘धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीमाथि हातपातको प्रयास हुनु अत्यन्त निन्दनीय कार्य हो । हातपात गर्नेप्रति खेद प्रकट गर्दछु ।’ दाहालले आफ्नो फेसबुकमा लेखेका छन् ।  धीतोपत्र बोर्डका प्रवक्तामाथि हातपात भएको विषयलाई लिएर विभिन्न टिप्पणी भइरहँदा समिर दाहालको यो स्ट्याटस आउनु र दिउँसो एकाएक गिरीलाई यस्तो सिकाउने सीबीआइएल क्यापिटलका सीइओ हुन् भन्ने चर्चा हुनुलाई के संयोग मात्र मान्न सकिएला ? ठुलो प्रश्नचिन्ह उठेको छ । ‘गिरीलाई घाटामा पनि कर लगाउनुपर्छ भनेर सिकाउने व्यक्ति नै समिर दाहाल हुन् । उनी चार्टड एकाउन्टेन्ट पनि भएकाले गिरीले उनीसँग पनि यस विषयमा परामर्श लिएका थिए।’ दाहाल निकट एक अर्का सिएले अर्थ सरोकार डटकमसँग भने ।
तर समिर दाहालले भने आफुले समाचार पढेर मात्र यो कुरा थाहा पाएको स्पष्ट पारेका छन् । तपाईंले निरज गिरीलाई घाटामा कर लगाउनु ठिक हो भनेर सिकाउनु भयो भन्ने चर्चा के हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले त समाचार पढेर थाहा पाएको हो !’ धीतोपत्र बोर्डमा त यो काम समिर दाहालले लगाएको हो भन्ने चर्चा छ त ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यो अर्कै समिर दाहाल होला। ‘ यता यस विषयमा निरज गिरीलाई फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन । 
स्मरण रहोस् दाहाल यसअघि पनि विभिन्न विवादमा परिसकेका व्यक्ति हुन् । सीबीआइएल क्यापिटलले ल्याएको म्युचुअल फन्ड ‘सुपर-फ्लप’ भएपछी धेरैले उनको सक्षमतामाथि समेत प्रश्न उठाएका छन् । यता उनी लेखा व्यवसायको आचरण विपरित काम गरेको प्रमाणित भएपछि कारवाही भोगेका सिटिजन्स बैंक इन्टर्नेशनलका डेपुटी सीइओ गणेश राज पोखरेलका दाहिने हातका रुपमा पनि चिनिन्छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: