×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकले नपत्याएर रेमिट्यान्स कम्पनी चलाएर बसेका भट्ट सांग्रीलामा सीइओ हुने दौडमा ! सम्भावना होला कि बिडम्बना ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकले नपत्याएर रेमिट्यान्स कम्पनी चलाएर बसेका भट्ट सांग्रीलामा सीइओ हुने दौडमा ! सम्भावना होला कि बिडम्बना ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘रेमिट टु नेपाल’ नामक रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट सांग्रीला डेभलोपमेन्ट बैंकको सीइओ हुने दौडमा लागेको खुलासा भएको छ । बैंकमा रहेका हालका सीइओ राजेन्द्र पौडेलको क्वालिफिकेसन नपुगेका कारण अवको बैंकिङ यात्रामा ब्रेक लागेपछि सीइओको खोजीमा रहेको बैंकका सीइओ र केहि संचालकहरुले भट्टलाई सीइओको रुपमा ल्याउन चर्को लविङ गरिरहेको बुझिएको छ । उनको कार्यकाल असारमा सकिँदैछ । यसअघि बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकका रविन सिजापतिलाई बैंकमा ल्याउन खोजेको भएपनि तत्काल सिजापतिले जागिर नछोड्ने भएपछी बैंकले अर्को सीइओ खोजी गरेको हो । यहि क्रममा यसअघि ज्योतिको सीइओ हुने दौडमा समेत फेल भएका भट्टलाइ बैंकले ‘अप्रोच’ गरेको हो । 
यस्तो छ श्रीचन्द्र भट्टचनको करियर यात्रा !
कुरा केहि समयअघिबाट नै सुरु गरौँ । अर्को जागिर पाउने बितिकै रेमिट्यान्स कम्पनी छोड्ने तयारीमा रहेका भट्ट ज्योति बिकास बैंकमा आउने अन्तिम तयारी थियो । तर भट्टले ज्योतिमा तत्कालीन रुपमा कामु सीइओ रहेका मनोज ज्ञवाली बैंकमा बसेमात्र आफु ज्योतिमा आउने, नभए उनको अनुउपस्थितिमा आफुले काम गर्न नसक्ने जानकारी संचालक समितिमा गराएका थिए । यसको अर्थ उनी आफु सीइओ बन्ने तर कामचाहिं अरुले गरोस् भन्ने चाहानामा रहेको थाहा पाएपछि संचालक समितिले उनलाई सीइओ बनाएर ल्याउने कुरामा ‘ब्याक’ हटेको थियो । हाल रेमिट्यान्स कम्पनीमा काम गरिरहेका उनको बैंकिङ अनुभवमा ग्याप बसीसकेको छ । यसअघि उनी मेगा बैंकमा डेपुटी सीइओ थिए । मेगामा रहँदा काम गर्न नसकेको भन्दै उनलाई संचालक समितिले बैंक छोड्न घुमाउरो दबाब दिएको थियो । दबाब थेग्न नसकेपछि उनले बैंक छाडेका थिए । मेगा अघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा एजीएम थिए । नेपाल इन्भेष्टमेन्ट बैंकमा मेनेजमेन्टको प्रेसर धान्न नसकेको भन्दै उनी मेगा गएको उनी निकटका बैंकरहरु बताउँछन् ।
सांग्रीला बैंकलाई सम्भावना कि बिडम्बना ?
यता भट्ट सांग्रीला डेभलोपमेन्ट बैंक आउने भएपछी बैंकमा रहेका धेरैले जागिर छोड्ने तयारी गरिरहेका छन् । बैंकका कतिपय उच्च अधिकारीहरुले भट्ट आएको खण्डमा आफु बैंकमा नरहने अनौपचारिक जानकारी अध्यक्षलाई गराईसकेका छन् । रेमिट्यान्स कम्पनी चलाएर बसेका, अन्य बिकास बैंकले पनि नपत्याएका, बिगतमा मेनेजमेन्टको प्रेसर धान्न नसकेर बैंक छोडेका र बैंकको संचालक समितिले समेत नपत्याएका व्यक्ति आफ्नो बैंकमा ल्याएर बैंकलाई डुबाउने खेलमा लागेको भन्दै सांग्रीलाका अधिकांस टप लेभलका कर्मचारीहरु रुष्ट बनेका छन् । यता भट्टचनले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यता घरी घरी अरु बैंकमा जान खोज्ने र बैकल्पिक जागिरका रुपमा मात्र रेमिट्यान्स कम्पनीलाई लिएको भन्दै रेमिट टु नेपालका कर्मचारीहरु पनि रुष्ट बनीरहेका छन् । यता यस विषयमा प्रतिक्रिया माग्न खोज्दा भट्ट हाम्रो सम्पर्कमा आएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: