×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब विमानस्थलमा प्रहरीले मलद्धारमा सुनका डल्ला भेट्यो…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

जब विमानस्थलमा प्रहरीले मलद्धारमा सुनका डल्ला भेट्यो…

काठमाडौँ – मलद्धारमा लुकाएर ठूलो मात्रामा सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थल प्रहरी कार्यालयले दुई भारतीयलाई पक्राउ गरेको हो ।
दिल्ली घर भएका एन ४६१७९० नम्बर राहदानी बाहक ३१ वर्षिय इम्रान र उत्तर प्रदेश घर भएका जेड ४१७४१०७ नमबरको राहदानी बाहाक अरिफ अलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २ केजी ६ सय ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
भन्सारको चेकजाँचमा कर्मचारीहरुले उनीहरुसँग रहेको सुन पत्ता लगाउन सकेनन् । पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा सुन भेटिएको हो । थाई एयरबाट बैंकक हुँदै उनीहरु नेपाल आएका थिए ।
२ साताअघि पनि मलद्धारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीयहरु पक्राउ परेका थिए । त्यस्तै, गत साता मुखमा लुकाएर सुन तस्करी गर्न खोज्ने पनि गत साता पक्राउ परेका थिए । भारतीयहरुले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर सुन तस्करी गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: