×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’बारे


१. अर्थ सरोकार टेलिभिजन कार्यक्रम के हो ?
टेलिभिजनमा राजनीतिक, आर्थिक वा समाचारमूलक कार्यक्रम हेर्ने दर्शकको बर्ग ठूलो छ । टेलिभिजन अहिलेपनि सञ्चारको निकै प्रभावकारी माध्यम मानिन्छ ।  हामी टेलिभिजनबाट नै शु-शुचित हुने तीनै दर्शकको ठूलो बर्गसम्म पुग्ने प्रयासस्वरूप अर्थ सरोकार टेलिभिजन कार्यक्रमका रुपमा प्रस्तुत भएका छौं । रेडियो र अनलाइनले जोड्न नसकेका टेलिभिजनप्रेमी नागरिकसम्म पुग्नका लागि हामी अर्थ सरोकार टेलिभिजन कार्यक्रमका रुपमा प्रस्तुत भएका छौं ।
२. अर्थ सरोकार टेलिभिजन कहिले-कुन समय र कुन च्यानलमा प्रशारण हुन्छ ?
अर्थ सरोकार टेलिभिजन कार्यक्रम टिभी टुडे टेलिभिजनमा मंगलबार राती ९:३० बजे प्रशारण हुन्छ । विदेशमा बस्नेहरुका लागि उक्त कार्यक्रम नेपालको समय अनुसार बुधबार विहान ४:३० बजे टिभी टुडेमा प्रशारण हुन्छ । साथै उक्त कार्यक्रम टिभी वान टेलिभिजनमा बुधबार राती ९:३० बजे प्रशारण हुन्छ । टिभी टुडे टेलिभिजन डीस होम, सुबिसुको क्लियर टिभी, मेरो टिभी, प्रभु टिभी लगायत नेपालका सबै केवल टेलिभिजनहरुबाटसमेत प्रशारण हुन्छ । साथै उक्त कार्यक्रम अर्थ सरोकार डटकममा पनि हेर्न सकिन्छ । साथै अर्थ सरोकार टेलिभिजन कार्यक्रम अर्थ सरोकारको अफिसियल युट्युब च्यानल र फेसबुक पेजमार्फत पनि हेर्न सकिनेछ । अर्थ सरोकार आर्थिक समाचार पोर्टलमध्ये सबैभन्दा बढी फेसबुक लाइक भएको पेज हो भने नेपालका आर्थिक युट्युब च्यानलमध्ये सबैभन्दा बढी सब्सक्राइबर्स पनि अर्थ सरोकारकै छ । 
३. अर्थ सरोकार टेलिभिजन कार्यक्रममा दर्शकको प्रतिक्रिया के छ ?
हुन त देशमा आर्थिक टेलिभिजनहरु नै प्रशारणमा आउन थालिसकेका छन् । र पनि सबैका आ-आफ्ना विसेषता छन् । हाम्रो टेलिभिजन कार्यक्रम हेर्ने बर्ग पनि छुट्टै छ । हामी अलि खरो कार्यक्रम प्रस्तुत गर्छौं । हामी अलि बढी नै खरो बहस गर्छौं भन्ने प्रतिक्रिया दर्शकको छ । हामी विषयका हिसावले पनि केहि फरक विषय प्रस्तुत गर्छौं, कार्यक्रममा । यहि कारण हाम्रा दर्शकले हामीलाई दिने माया पनि बढीरहेको छ । अर्कोतर्फ हाम्रो टेलिभिजन कार्यक्रम हामी देशभर प्रशारण हुने हाम्रो रेडियो कार्यक्रममा पनि केहि भाग प्रस्तुत गर्छौं । यसले हाम्रो ‘माइलेज’ पक्कै बढाएको छ । हामी कार्यक्रमको प्रमो ८ लाख बढी लाइक भएको हाम्रो फेसबुकमार्फत सबैमाझ ‘प्रमोसन’ पनि गर्छौं । सबै कार्यक्रमलाइ समाचार बनाएर हामी नेपालमा सबैभन्दा बढी हेरिने आर्थिक अनलाइन अर्थ सरोकार डटकममा पनि प्रशारण गर्छौं । त्यसैले पनि हाम्रो माइलेज निकै राम्रो हुन्छ ।
४. अर्थ सरोकार टेलिभिजन कार्यक्रमको बिज्ञापन नीति कस्तो छ ?
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको मुख्य बिज्ञापन स्रोत भनेकै बिज्ञापन हो । अर्थ सरोकार टेलिभिजन कार्यक्रम शुभम् मिडिया प्रालिको कार्यक्रम हो । त्यसैले उक्त कार्यक्रमलाई प्रायोजन गर्ने-गराउने काम उक्त कम्पनीले नै गर्छ । हाम्रो कार्यक्रमलाई प्रायोजन गर्ने विषयसँग टेलिभिजनको कुनै नाता छैन । यो ‘आउटसोर्स’ कार्यक्रम भएकाले कार्यक्रममा हाल्नुपर्ने बिज्ञापन र कार्यक्रमलाई प्रायोजन गर्ने विषय शुभम् मिडिया प्रालिले नै गर्छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा बिज्ञापन प्रशारण गर्नु परेमा वा कार्यक्रम प्रायोजन गर्नु परेमा सिधै ९८५१०१७९१४मा सम्पर्क गर्न सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: