×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंगलादेशमा डाक्टर पढ्ने युवतीबारे कानुनमन्त्रीले के बोलेका थिए ? हेर्नुस् उनको भाषण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बंगलादेशमा डाक्टर पढ्ने युवतीबारे कानुनमन्त्रीले के बोलेका थिए ? हेर्नुस् उनको भाषण

काठमाडौँ  – कानुनमन्त्री शेरबहादुर तामाङको चाैतर्फी विरोध भएको छ । सामाजिक सञ्जाल र विभिन्न राजनीतिक दलहरुले उनको राजीनामा माग गरेका छन् ।
उनले राजधानीकै एक सार्वजनिक कार्यक्रममा नेपालबाट बंगलादेशमा डाक्टर पढ्न जाने विद्यार्थीले शरिर सुम्पिएर सर्टिफिकेट पाउने गरेकाे भनेर जुन अपुष्ट भाषण ठाेके त्यहीँबाट राजनीतिक दल, नागरिक समाज र सिंगाे सामाजिक सञ्जाल उनको विरुद्धमा लागेका छन् । कानुनमन्त्री तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिएसम्म सर्टिफिकेट नपाउने अवस्था रहेको बताएका थिए ।
उनले त्यस कार्यक्रममा भनेका थिए ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ । मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफू्रलाई नसुम्पीकन सर्टि्फिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’
त्यस्तै केही समयअघि झापाको बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: