×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पारस खड्का र प्रतिभा माली सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

पारस खड्का र प्रतिभा माली सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्टान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । 
खेल क्षेत्रसंग सम्बन्ध जोडिदै बैंकले आफनो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु पारस खड्का र प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । उहांहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्धत पुग्ने विश्वास लिइएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: