×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको साउन १५ देखि एफपीओ आउँदै, बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको साउन १५ देखि एफपीओ आउँदै, बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन १५ गतेदेखि सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रीमा आउँने भएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले एफपीओ बिक्री गर्न लागेको हो । यसमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा एफपीओ नबिकेमा भने भदौ १४ गतेसम्म भर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो एफपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । सिटिजन्सको सोमबार दोस्रो बजारमा प्रतिकित्ता २२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । 
बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड थ्री प्लस रेटिङ दिएको छ । सिटिजन्सले एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ । 
यता, बैंकले आर्थिक वर्ष २०७६/७७ सम्म खुद नाफा १ अर्ब ६९ करोड ८७ लाख ५० हजार रुपैयाँँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म भने सिटिजन्सले १ अर्ब ४० करोड ८४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा र नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: