गोविन्द केसीलाई कांग्रेसको फुल सर्पोट, ३ जना सांसद जुम्ला पठाउँदै

काठमाडौँ – प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ ।

चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ । जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली पठाउने कांग्रेस संसदीय दलको निर्णय गरेको छ ।
प्रकाशित : Wednesday, July 04, 2018
,

recent

Popular Posts