×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, सबै शाखाहरुबाट बैंकिङ सुविधा लिन सकिने

PRIME CA

एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, सबै शाखाहरुबाट बैंकिङ सुविधा लिन सकिने

२ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो । 
यससँगै बैंकको शाखा संख्या ६८ पुगेको छ । बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
बैंकले आफ्ना सबै शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, ईसीसी/आईपिएस, सिआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहतिको सेवा बैंकले आफ्ना शाखाहरुमार्फत प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: