×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीले मागे व्यवसायीको साथ

PRIME CA

सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीले मागे व्यवसायीको साथ

२७ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे ।
‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त, निश्चित रुपमा सकिदैन’ उनले भने ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’
सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्दै उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे । यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: